
काठमाडौं । लुम्बिनी प्रदेशका विपक्षी चार दलले मुख्यमन्त्री शंकर पोखरेलको सरकार अल्पमतको भएको प्रमाणित भएको दावी गरेको छ ।
शुक्रबार संयुक्त विज्ञप्ति निकाल्दै राष्ट्रिय जनमोर्चा, नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रदेशसभा बैठक चलिरहेको अवस्थामा बहिस्कार गर्दै अधिवेशन अन्त्य गरेर सरकार आफैँले अल्पमतमा भएको पुष्टि गरेको जनाएको छ ।
बिहीबारको प्रदेशसभा बैठक बहिस्कार गर्दै मध्यरातमा अधिवेशन अन्त्य गरेकाे सकारले शुक्रबार बिहान अध्यादेशमार्फत बजेट ल्याएको थियो ।
भएको संसद् अधिवेशन अन्त्य गर्दैै अध्यादेशबाट बजेट ल्याएर प्रदेश सरकारले बलजफ्ती, निरङ्कुश र श्वेच्छाचारी ढंगले सरकार सञ्चालन गर्न थालको विपक्षी गठबन्धनको आरोप छ । यस्तै गठबन्धनले मुख्यमन्त्री पोखरेलको राजीनामा माग गर्दै संसदीय परम्पराअनुसार बजेट अधिवेशन पारित गर्न जोड दिएको छ ।
प्रतिक्रिया दिनुहोस्