
झापा । झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
भद्रपुरबाट बनियानीतर्फ गइरहेको मे १ त २८२१ नम्बरको ट्याक्टर र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ह ६४१ नम्बरको टेम्पो आपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा परी भद्रपुर नगरपालिका–१ हिमाली चोक निवासी ३८ वर्षीया छविमाया लिम्बू र सोही ठाउँका करिब ४० वर्षीय डम्बरबहादुर लिम्वूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
छविमायाको घटनास्थलमा र डम्बरबहादुरको उपचारका क्रममा ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्