१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जल ऊर्जालाई प्रयोग गर्दै पेट्रोलियम पदार्थको आयात र प्रयोग न्यूनिकरण गर्नुपर्छ– मन्त्री भुसाल


0
Shares

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले देशमा उत्पादित जल ऊर्जालाई सम्पूर्ण क्षेत्रमा प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई न्यूनिकरण गर्नुपर्ने बताउनुभएकोे छ ।

विद्युत विकास विभागको २८औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको पहिलो विकल्पको रुपमा जल ऊर्जा भएको बताउनुभयो । उहाँले निजी क्षेत्रले जलविद्युत संरचना निर्माण गर्दा सरकार र स्थानीय जनताले निरन्तर लाभ लिनसक्ने गरी बनाउनुपर्नेमा जोड दिनुभयो । जलविद्युत् क्षेत्रको लगानी सुरक्षित हुने भएकाले यसको स्थायित्वमा विशेष ध्यान दिनुपर्ने मन्त्री भुसालको भनाइ छ ।

कार्यक्रममा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादक संघ इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले राज्यले गर्ने व्यवहारमा परिवर्तन आउन जरुरी रहेको बताउनुभयो । साना उद्यमीको सहयोगका लागि सरकारले पहल गर्नुपर्नेमा उहाँको जोड थियो । आचार्यले कृषि र घरेलु गार्हस्थ्य उपभोगमा हुने विद्युत्को खपत कमजोर रहेकाले खपत बढाउनुपर्ने बताउनुभयो ।

त्यस्तै उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले उर्जा मन्त्रालयबाट उर्जा सम्बन्धी कामहरूमा ढिलाइ नभएको दावी गर्नुभयो । निजी क्षेत्रलाई कसरी प्रवर्द्धन र विकास गर्न सकिन्छ भन्ने लक्ष्य राखेर मन्त्रालयले काम गरेको उपाध्यायको भनाइ थियो ।