
काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन अस्वस्थ र अप्राकृतिक रहेको बताउनुभएको छ ।
शुक्रबार नेकपा(एमाले)को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन अस्वस्थ, अपवित्र र अप्राकृतिक गठबन्धन रहेको बताउनुभएको हो । उहाँले गठबन्धनले लोकतान्त्रिक मूल्य मान्यता र दलीय व्यवस्थालाई तोडेको आरोप लगाउनुभयो ।
गठबन्धनले निर्दलीय अभ्यास र आचरणको वकालत गरेको भन्दै ओलीले अनुशासनहीन, अराजक, निर्दलीय अभ्यास र आचरणको वकालत गरेको टिप्पणी गर्नुभयो ।
उहाँले नेपालको निर्वाचन पद्धति अस्थिरता जन्माउने खालको भएको पनि बताउनुभयो । उहाँले एमाले नेतृत्वको सरकारमाथि विभिन्न खालका षडयन्त्र भएको उल्लेख गर्दै सरकार निर्माणताका नै एमाले बाहेकको सरकार बनाउने प्रयास गरिएको पनि स्मरण गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्