
काठमाडौं । नेकपा माआवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने भएको छ । एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी केन्द्र आज सरकारमा जाने भएको हो ।
मन्त्रालयको बारेमा टुंगो नलागेपनि अर्थ मन्त्रालय वा कृषि मन्त्रालयमध्ये कुनै एउटा मन्त्री र राज्यमन्त्रीमा सहमति जुटेपछि सरकारमा जान माओवादी तयार भएको हो ।
माओवादी केन्द्रका प्रमुख सचेतक दिलिप साहका अनुसार दलका नेता भरत साह मन्त्री र सांसद रुवी कर्ण राज्यमन्त्री बन्ने निर्णय माओवादी केन्द्रले गरिसकेको छ। मन्त्रीहरुको सपथग्रहण कार्यक्रम आज ३ बजेका लागि तय भएको हो ।
जसपा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा कांग्रेसलाई सरकारमा सहभागी गराउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्