२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध


0
Shares

पर्वत । लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका पाङको सहस्रधारामा पहिरो र लेदोले गएरातिदेखि सडक अवरुद्ध भएको हो ।

सडक खुलाउनका लागि डोजर र सुरक्षा निकाय तयारी अवस्थामा रहेपनि वर्षा नरोकिएकाले तत्काल खुलाउन समस्या देखिएको ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार रातीदेखिनै सडक अवरुद्ध भएपछि यातायात सेवा ठप्प बनेको हो । सडक अवरुद्ध हुँदा बागलुङ, म्याग्दी र मुस्ताङवाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन अलपत्र बनेका छन् ।

यसअघि गत असार २४ गतेदेखि अर्मादीमा गएको पहिरोले बन्द भएको उक्त सडक एक सातापछि ३१ गतेमात्रै सञ्चालन आएको थियो ।