२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अमेरिकी राष्ट्रपति बाइडेनले भने, ‘फेसबुकको गलत सूचनाले मानिस मार्दैछ’


0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले सामाजिक सञ्जालका गलत सूचनाले मानिसहरुलाई मार्ने गरेको आरोप लगाउनुभएको छ ।

उहाँले फेसबुकले कोरोना भाइरस खोपका बारेमा गलत सूचना सम्प्रेषण गरेको आरोप लगाउनुभयो ।

शुक्रबार ह्वाइट हाउसमा कोभिडका बारेमा गलत सूचना सम्प्रेषणमा फेसबुक प्लेटर्फमले कस्तो भुमिका खेलेको छ भन्ने पत्रकारको प्रश्नमा बाइडेनले भने ‘तिनीहरुले मानिसहरु मार्दैछन्, हामीसँग एक मात्र महामारी अनभ्याक्सिनेटेड हो। र तिनीहरूले मान्छे मार्दैछन्।’

सोही दिन व्हाइट हाउसका प्रेस सेक्रेटरी जेन पास्कीले पनि फेसबुक र अन्य प्लेटफर्म खोपको बारेमा गलत जानकारीको लागि पर्याप्त काम गरिरहेको बताउनुभयो । फेसबुकका प्रवक्ता केभिन म्याकलिस्टरले आरोपले तथ्यलाई पुष्टि नगर्ने बताउनुभयो ।