
सुनसरी । सुनसरीको कोसी गाँऊपालिकाबाट हतियारसहित दुई दाजुभाई पक्राउ परेका छन् । शनिवार सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई हतियार सहित पक्राउ गरेको हो ।
शनिवार एकाबिहानै दाजुभाई बीच एकले अर्कालाई गोली हानेर टाउको उडाईदिने धम्की दिदै झगडा गर्न थालेपछि शान्ति सुरक्षाका लागि घटनास्थल पुगेको सशस्त्र प्रहरीको टोलीले दाजुभाईलाई नै नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा कोसी गाँऊपालिका वडा नम्बर–५ स्थित कुम्याहीबाट कटुवा पेस्तोल सहित दुई दाजुभाई ४८बर्षिय विध्यानन्द यादव र ४६ बर्षिय चन्द्रदेव यादवलाई पक्राउ गरिको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँले दाजुभाईले घरनजिकैको आँपको रुखमुनि लुकाई राखेको एकथान कटुवा पेस्तोल र एकथान गोली बरामत गरिएको बताउनुभयो ।
दुई दाजुभाई हतियारले एकअर्कालाई उढाईदिने भन्दै झगडा गरिरहेको सुचनाका आधारमा तत्काल सशस्त्र प्रहरी घटनास्थल पुगेर उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीषक पौडेलले जानकारी दिएका छन् । घटनास्थल नेपाल भारत सीमा क्षेत्र नजिकै पर्दछ । खुल्ला सीमानाका कारण यस क्षेत्रका अपराधिक मानसिकता बोकेका व्यक्तिहरुले भारतबाट अबैध हतियार खरिद गरेर ल्याएर चन्दा आत्तंक, हत्या, अपहरण जस्ता अपराधिक घटना घटाउदै आएका छन् ।
सशस्त्र प्रहरीले पक्राउ परेका दाजुभाईलाई आबश्यक कार्वाहिका लागि बरामत हतियार सहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको छ । दुईदाजु भाईको झडपमा तत्काल सशस्त्र प्रहरी घटना स्थल आए पश्चात कुनै अप्रिय घटना हुन नपाएको स्थानियले बताए ।
प्रतिक्रिया दिनुहोस्