
डोलराज रानाभाट
चितवन । सरकारले ५५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने गरी तालिका सार्वजनिक गरेको छ ।
तर, चितवन राप्ती नगरपालिकाका चेपाङ मात्र नभइ यहाँका ६५ वर्ष उमेर समूहकै अन्य नागरिक समेत कोरोना विरुद्धको खोप लगाउनबाट बञ्चित छन् ।
गत जेठ २४ गते राप्ती नगरपालिकाले भेरोसेल खोपको पहिलो मात्रा लगाउन सूचना जारी ग¥यो । ६२ देखि ६४ वर्ष सम्मका व्यक्तिहरुलाई पहिलो मात्रा लगाउने सूचना निकालेपनि राप्ती १३ का ६६ वर्षीय बीरवहाुदर चेपाङले भने अझै सम्म खोप लगाउन पाएका छैनन् ।
उमेर अनुसारको लक्षित वर्गमा उनले कोभिशिल्ड खोप पाउनुपर्ने हो । तर ५५ वर्ष माथिका व्यक्तिहरुलाई खोप लगाउने कार्यतालिका आउँदा सम्म उनले अझै खोप पाउने आफ्नो अधिकारबाट बञ्चित हुनु परी रहेको छ ।
नगरपालिका र स्वास्थ्य शाखाको लापारवाहीले उनीहरु वन्चित हुनुपरेको स्थानीयहरुको बुझाई छ । वीरवहादुर जस्तै राप्ती १२ का ज्येष्ठ नागरिकले पनि अझै सम्म खोप पाएका छैनन् ।
जसका कारण लक्षित वर्गभित्र परेर पनि यहाँका नागरिकले खोप लगाउन नपाएका हुन् । त्यसो त गाउँवासी मात्रै होइन नगरपालिका र सरकारको रवैया प्रति वडाअध्यक्षनै असन्तुष्ट देखिन्छन् । राप्ती १३ का वडाअध्यक्ष सूर्य प्रजा पनि वडाबासीलाई खोप लगाउन नसकेकोमा खिन्न देखिन्छन् ।
यता नगरपालिकाको स्वास्थ्य शाखाले भने खोप केन्द्रमा आउने लक्षित वर्ग सवैलाई खोप दिएको दावी गरेको छ । नगरपालिकाका जनस्वास्थ्य अधिकृत शुरेश न्यौपानले प्रचारप्रसारको कमी भएको स्वीकार गर्दै पठाएको खोप समते फिर्ता आएको बताउनुभयो ।
अहिले ५५ वर्ष माथिका उमेर समूहको लक्षित वर्गलाई साउन १,२ र ३ गते खोप लगाउने गरी १ सय डोज लगिएको छ । तर कोरोनाविरुद्धको खोपवारे नकरात्मक हल्ला फैलाइएको र गाउँलेहरुलाई बुझाउन समस्या भएको छ ।
यता स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारी र प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले नगरपालिका भएपनि दुर्गम र शैक्षिक चेतनाका कमीले लक्षित वर्ग छुटेको बताउनुभयो ।
तर यो पटक धेरै भन्दा धेरै सर्वसाधरणको घर घरमा खोप पु¥याउने उहाँहरुको भनाई छ । भौगोलिक विकटताका कारण खोप लगाउने आउने स्वास्थ्य केन्द्र टाढा पर्छ ।
कम्तिमा टोलटोलमा गएर खोप लगाउने व्यवस्था गर्ने र जनचेतना बढाउने हो भने सरकारी सेवाबाट उनीहरु बन्चित हुनु पर्देन थियो की ?
प्रतिक्रिया दिनुहोस्