
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक बोलाइएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो ।
कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पकट कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो ।
आइतबार अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकका सन्दर्भ छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो । बैठकमा विश्वासको मत, सरकारको प्रभावकारिता र मन्त्री छनोट लगायतका विषयमा पनि छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्