२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

अवरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचालु


0
Shares

पर्वत । पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचालु भएको छ ।

वर्षा रोकिएसँगै पहिरो पन्छाएपछि सवारी साधन सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्णबहादुर खड्काले जानकारी दिनुभयो । पहिरोका कारण लामो समयदेखि रोकिएका सवारी साधनहरू सडक खुलेसँगै गन्तव्यतर्फ गएका छन् ।

लगातारको वर्षाका कारण पर्वतको नयाँ पुलमा ठूलो ढुङ्गोसहित खसेको पहिरो पन्छाउन एक साता लागेको छ । ब्रेकरले ढुङ्गा फुटाउन नसक्ने भएपछि नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर ढुङ्गा फुटाएको हो ।

कुश्मा नगरपालिकाको चुवास्थित दोबिल्लामा पनि सुन्दरे खोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गकै केही भाग क्षति गरेको छ । त्यसलाई पनि मर्मत गरेर सडक सुचालु गरिएको हो ।