
जितेन्द्र भण्डारी
पाँचथर । बुवाको किरिया बस्दा ग्यास लिक भएर आगलागी हुँदा पाँचथरमा एक पुरुषको मृत्यु भएको छ ।
ग्यास लिक भएर आगलागीमा परेर घाइते फिदिम–४ जोरसालका ४९ वर्षीय दीनानाथ सापकोटाको उपचारको क्रममा झापाको मेची अञ्चल अस्पतालमा शनिबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
जेठ २४ गते ७२ वर्षीय भगिरथ सापकोटाको मृत्यु भएपछि किरिया बसेका श्रीमती चनमाया, छोराहरू दीनानाथ र मदन जलेर घाइते भएका थिए । घाइतेमध्ये श्रीमतीको उपचारको क्रममा जेठ २६ गते निधन भएको थियो ।
आमा र दाजुसँगै जलेर घाइते भएका मदन भने उपचारपछि घर फर्किएका छन् । घाइते तीनै जनाको पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि मेची अञ्चल अस्पताल लगिएको थियो ।
प्रतिक्रिया दिनुहोस्