१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पोखराका मेयर जिसीको शल्यक्रिया सफल


0
Shares

पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको शल्यक्रिया सफल भएको छ ।

शुक्रबार बिहान एक्कासी बिरामी भएका मेयर जिसीलाई उपचारार्थ मेडिप्लस लगिएकोमा पछि मणिपाल अस्पताल हुँदै काठमाडौं न्यूरो सर्जन अस्पताल लगिएको थियो । उहाँलाई मस्तिष्कघात भएको मेयरको सचिवालयले जनाएको छ ।

शनिबार बिहान २ घण्टा लगाएर गरिएको हेमिक्रानिक्टोमी शल्यक्रिया सफल भएको जनाइएको छ । उपेन्द्र देवकोटा मेमोरियलअन्तर्गत सञ्चालित न्यूरोड अस्पतालको न्यूरो सर्जनहरूको टिमले उहाँको शल्यक्रिया गरेको हो ।

हाल मेयर जिसीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकले जनाएका छन् ।