१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अस्ट्रेलियासँगको टी–ट्वान्टी श्रृङ्खला वेट इण्डिजलाई


0
Shares

एजेन्सी । अष्ट्रेलियासँगको पाँचौं तथा अन्तिम टी–ट्वान्टी क्रिकेटमा वेस्ट इण्डिज १६ रनले विजयी भएको छ । योसँगै वेस्ट इण्डिजले श्रृङ्खला ४–१ ले जितेको छ ।

शनिबार भएको खेलमा वेस्ट इण्डिजले दिएको दुई सय रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ९ विकेट गुमाएर १ सय ८३ रन मात्रै बनाउन सक्यो । अस्ट्रेलियाका कप्तान आरोन फिन्चले ३४ रन बनाए । वेस्ट इण्डिजका सेल्डन कोट्रेल र आन्द्रे रसेलले समान तीन/तीन विकेट लिए ।

पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो । वेस्ट इण्डिजका इभन लेविसले ७९ रनको इनिङ्स खेले । अष्ट्रेलियाका एन्ड्रयु टाइले तीन तथा मिचेल मार्स र एडम जाम्पाले दुई÷दुई विकेट लिए ।

वेस्ट इण्डिज पहिलो खेलमा १८ रन, दोस्रो खेलमा ५६ रन र तेस्रो खेलमा ६ विकेटले विजयी भएको थियो । चौथो खेलमा अष्ट्रेलिया ४ रनले विजयी भयो ।