१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तालिबानसँग वार्ता गर्न अफगान शान्ति मध्यस्थकर्ता टोली कतारमा


0
Shares

एजेन्सी । युद्धरत तालिबानसँग वार्ता गर्न अफगान शान्ति मध्यस्थकर्ता टोली कतारको दोहा गएको छ । बढ्दो हिंसाको बीच १० सदस्यीय टोली राष्ट्रिय मेलमिलापको लागि अफगानिस्तानको काबुलबाट दोहा गएको हो ।

टोलीमा उच्च परिषद्का प्रमुख अब्दुल्ला अब्दुल्ला, पूर्वउपराष्ट्रपति मोहम्मद करीम खलीली, अता मोहम्मद नूर, मुख्य वार्ताकार मासुम स्तनाकजई, सलाम रहीम, फातिमा गिलानी र शान्ति मामिला मन्त्री सादत मन्सूर नादेरी रहेका छन् । पूर्वराष्ट्रपति हामिद करजई प्रतिनिधिमण्डलको साथ काबुल एयरपोर्ट पुग्नुभएको थियो ।

उहाँले प्रतिनिधिमण्डल पूर्णतया आधिकारिक रहेको र तालिबानसँग वार्ता गर्ने जानकारी दिएका छन् । यसैबीच उच्च परिषद्का प्रमुख अब्दुल्लाले यस वार्ताले देशका विभिन्न भागमा सुरक्षा बल र तालिबानबीच चलिरहेको हिंसा रोकिन सक्ने आश गरेका छन् ।