३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


बाढीले नवलपुरका १ सय २७ जना विस्थापित, २८ घर उच्च जोखिममा


0
Shares

नवलपुर । दुई दिनदेखि परेको अविरल वर्षाका कारण पूर्वी नवलपरासीमा १ सय २७ स्थानीय विस्तापित भएका छन् ।

हुप्सेकोट गाउँपालिका–५ बाकखोरका १८ घरका १ सय जना २७ स्थानीय विस्थापित हुँदा २८ घर उच्च जोखिममा परेको प्रहरीले जनाएको छ ।

विस्थापित परिवारमध्ये तीन घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने बाकखोरका १५ र बसेनीका १३ घर उच्चजोखिममा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी दिलिप कुमार गिरीले बताउनुभयो । विस्थापित स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ ।

बाढीले पशुचौपायसमेत बगाएको छ ।