२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


जसपा : पाँच सांसद्ले छाडे ठाकुर पक्ष, यादव पक्षको बैठकमा सहभागी


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षका पाँच सांसद् गुट परिवर्तन गर्दै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा गएका छन् ।

यसअघि ठाकुर पक्षमा रहेका प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, नरमाया ढकाल र रुही नाज यादव पक्षमा गएका हुन् । यादव पक्षको शनिबार बसेको संसदीय दलको बैठकमा उनीहरू सहभागी भएका हुन् ।

निर्वाचन आयोगमा जसपा पार्टी आधिकारिकता विवाद विचाराधीन रहेका बेला ठाकुर पक्षका पाँच सांसद यादव पक्षमा गएका हुन् ।

दुवै पक्षले निर्वाचन आयोगलाई आफूहरूलाई अलग गराइदिन आग्रह गरिसकेका छन् । पाँच सांसद यादव समूहमा लागेपछि अब यादव समूह झन् बलियो भएको छ ।

३२ सांसदमध्ये ठाकुर पक्षमा अब १५ सांसद रहेका छन् भने यादव पक्षमा १७ सांसद पुगेका छन् ।