२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


कोकाकोला उत्पादक बोटलर्स नेपालद्वारा पत्रकारलाई तह लगाउन निर्देशन दिँदै माइन्यूट


0
Shares

काठमाडौं । बोटलर्स नेपालले पत्रकारलाई तह लगाउन निर्देशन दिँदै माइन्युट गरेको खुलासा भएको छ ।

लुम्बिनी सञ्चार डटकमका प्रधानसम्पादक गजेन्द्र बुढाथोकीको नामै तोकेर छानबिन गर्न र तह लगाउन निर्देशन दिएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघका अनुसार पत्रकार बुढाथोकीलाई ज्यानलाई असुरक्षित हुने किसिमका धम्की दिइएको हाे ।

बोटलर्स नेपालको ७३ प्रतिशत सेयर नेपाललाई थाहै नदिइ नेपाल बाहिरै किनबेच गरिएको सन्दर्भमा २०७७ मंसिरदेखि राजश्व अनुसन्धान विभागले छानबिन गरिरहेको विषयमा पत्रकार बुढाथोकीले फलोअपसहितको समाचार लेख्नुभएकाे थियाे । समाचार प्रकाशन भइसकेपछि कम्पनीले ट्रेड युनियनका प्रतिनिधिलाई धम्की दिइ तह लगाउन निर्देशन दिँदै माइन्यूट बनाइएको थियो ।

घटनाप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पत्रकारलाई असुरक्षित बनाउने र पत्रकारविरुद्ध यस्ता निर्णय र निर्देशन गर्ने बोटलर्स नेपालको व्यवस्थापनमाथि कानुनी कारबाहीको माग गरेको छ ।