
फाइल फाेटाे
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको बैठक बोलाएको छ ।
आइतबार बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूको बैठक बोलाइएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिनुभयो । माओवादी केन्द्रले आफ्ना सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।
बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीबाट देउवा सरकारमा मन्त्रीहरूको सहभागिताका विषयमा पनि छलफल हुने बताइएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आइतबार अपराह्न ४ बजे नयाँ बानेश्वरमा बस्दै छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साउन ३ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्