२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


‘कुँवरको निधनले ट्रेड युनियन आन्दोलनले अभिभावक र पार्टीले असल नेता गुमायाे’


0
Shares

पोखरा । नेपाली कांग्रेसले नेता रामजी कुँवरको निधनले ट्रेड युनियन आन्दोलनले अभिभावक र पार्टीले असल नेता गुमाएको जनाएको छ ।

नेता कुँवरको स्मृतिमा पोखरामा शनिबार आयोजना गरेको श्रद्वाञ्जली सभाका वक्ताहरूले नेता कुँवरलाई शालीन, असल र इमान्दार नेताका रूपमा स्मरण गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले स्वर्गीय कुँवरको स्मरणका लागि केही काम गर्न आवश्यक रहेको बताउनुभयो ।

केन्द्रीय सदस्य गगन थापाले स्वर्गीय कुँवरको व्यवहार र सहयोगीभावप्रति सबैले गौरव गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नेता शुक्रराज शर्माले घर, परिवार र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीलाई ध्यान दिने नेताका रूपमा उहाँको स्मरण गर्नुभयो ।