
एजेन्सी । अफगानिस्तानमा हिंसात्मक गतिविधिलाई तीव्र पारेको तालिबान बिद्रोही पुनः वार्तामा आएको छ । कतारको दोहामा अफगानिस्तानको सरकारी वार्ता टोली र तालिबानका प्रतिनिधिबीच वार्ता सुरु भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार वार्ता सुरु हुन लाग्दा सरकारले गठन गरेको उच्च स्तरीय वार्ता टोलिका अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहले शान्तिका लागि दुवै पक्ष लचिलो हुनुपर्ने प्रतिक्रिया दिनुभयो । अफगानिस्तानले शान्ति प्रक्रियाका लागि विश्वको सहयोग चाहेको बताउँदै पुनर्निर्माणमा समेत विश्व समुदायको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
ढ्दो हिंसाको बीच १० सदस्यीय टोली राष्ट्रिय मेलमिलापका लागि अफगानिस्तानको काबुलबाट दोहा गएको हो । टोलीमा उच्च परिषद्का प्रमुख अब्दुल्ला अब्दुल्ला, पूर्वउपराष्ट्रपति मोहम्मद करीम खलीली, मुख्य वार्ताकार मासुम स्तनाकजइसहितका सदस्यहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्