
एजेन्सी । टोकियो ओलम्पिकको ‘ओलम्पिक भिलेज’ भित्रै कोरोना संक्रमित भेटिएका छन् ।
ओलम्पिकको आयोजक कमिटिले हिजो ओलम्पिक भिलेज भित्र कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो ।
ओलम्पिकमा सहभागि हुन विदेशबाट आएका एक व्यक्तीमा कोरोना संक्रमण भएको बताइएका छ ।
टोकियो ओलम्पिक औपचारिकरुपले सुरु हुन अब ६ दिन मात्रै बाँकी छ । तर भिलेजभित्रै कोरोना संक्रमण पुष्टि भएपछि आयोजकहरुमा चिन्ता थपिएको छ ।
कोरोना संक्रमित व्यक्ती खेलाडी नभएर खेल आयोजनामा संलग्न रहेको बताईएको छ । आयोजकले कोरोना संक्रमितको परिचय गोप्य राखेको छ ।
कोरोना संक्रमण देखिएपछि उनलाई ओलम्पिक भिलेजबाट छुट्टै स्थानमा आइसोलेसनमा राखिएको छ ।
टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । ओलम्पिकमा नेपालबाट पौडीमा दुई तथा एथ्लेटिक्स, जुडो र शुटिङमा एक एक जना खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।
प्रतिक्रिया दिनुहोस्