२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रेलवे ट्रयाकको ‘स्पीड’ परीक्षण आज


0
Shares

काठमाडौं । लामो समयदेखि सञ्चालनको प्रतीक्षामा रहेको जनकपुर–जयनगर रेल्वे सेवाको ट्रयाकको गति परिक्षण आज हुने भएको छ ।

रेल खरिद गरी ल्याएको दश महिनापछि ‘स्पीड’ परीक्षण गर्न लागिएको हो ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका अनुसार जनकपुर–जयनगर रेल्वे सेवा संचालनका लागि रेल्वे ट्रयाकमा आज गति परीक्षण गरिनेछ ।

परीक्षणका लागि सम्पूर्ण तयारी पूरा भइसकेको र भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा ‘स्पीड’ परीक्षण गरिने बताइएको छ ।

आज प्रतिघण्टा ६० किलोमिटरको गतिमा भारतको जयनगर रेल्वे स्टेशनबाट जनकपुर आइपुग्नेछ । जनकपुरबाट फर्किदा सो रेल प्रतिघण्टा १२० किलोमिटरको गतिमा गुड्नेछ ।

सरकारले जिटुजी प्रक्रिया मार्फत ८४ करोड ६५ लाख ९५ हजार रुपैयाँमा भारतसँग खरिद गरेको दुईवटा रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेशनमा आइपुगेको थियो ।