
चितवन । चितवनमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिव ८ बजेतिर भरतपुर ५ कैलाशनगरमा चन्द्र सिग्देलको खेतमा खेत जोत्ने क्रममा ना ४ त ३१५२ नम्बरको ट्याक्टर पल्टिएको थियो ।
ट्याक्टर पल्टिँदा उक्त ट्याक्टरका चालक सोही ठाउँका बर्ष ३४ को सन्दीप मगर गम्भिर घाइते भएका थिए ।
उनलाई उपचारका लागि भरतपुर तर्फ पठाईएकोमा बिहान सरकारी अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्