
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ ।
बिश्वासको मत लिने प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीद्वारा सभामुख अग्नि प्रसाद सापकोटामार्फत संसद सचिवालयमा दर्ता भएको हो ।
बिश्वासको मत लिने प्रस्ताव कानुन मन्त्रीद्वारा सभामुख मार्फत संसद सचिवालयमा दर्ता भैसकेको र आजै बस्ने दोश्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिनुहुने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्