
तस्विर फाइल
काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधव नेपाल समूहको छुट्टाछुट्टै बैठक बसिरहेको छ ।
ओली पक्षका नेताहरुको स्थायी कमिटी बैठक च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसिरहेको छ भने नेपाल पक्षका नेताहरुको बैठक नेपाल निवास कोटेश्वरमा बसिरहेको छ ।
नेपाल निवासमा बसेको बैठकमा देउवालाइ विश्वासको मत दिनेबारे छलफल भइरहेको छ । नेपाल समूहका २३ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।
त्यसमध्ये अधिकांश सांसदले देउवालाई विश्वासको मत दिनुपर्ने धारणा राखेका छन् । नेपाल पक्षका ८ सांसदले देउवालाई विश्वासको मत दिए देउवाले विश्वासको मत प्राप्त गर्नुहुनेछ । देउवाले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिदै हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्