
बागलुङ । जैमिनी नगरपालिका वडा नम्बर ७ जैदीका एक व्यक्तिको शनिबार बाख्रा चराउन जाने क्रममा भीरबाट लडेर मृत्यु भएको छ ।
जैदी बतासेका ५३ वर्षीय रेशम थापा मगरको भिरबाट लडेर मृत्यु भएको स्थानीय देवेन्द्र राना बताउनुभयो ।
चोखेकदेखि बोर तर्फ जाने बाटोबाट खसेर शनिबार थापाको घटना स्थलमा नै मृत्यु भएको बताईएको छ ।
थापाका ३ भाई छोरा र एक छोरी रहेका छन् । छोराहरु विदेशमा रहेको बताईएको छ ।
थापा भीरबाट करिब ५ सय मिटर तल खसेको सागर गिरीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्