१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जसपा आधिकारिकता विवाद मिलाउन निर्वाचन आयाेगमा


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता सम्बन्धी विवाद निरुपण गर्न निर्वाचन आयोगले गठन गरेको इजलास सुरु भएको छ । इजलासमा निवेदकको तर्फबाट बहस सुरु भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बहस सकिएपछि आयोगले निर्णय सुनाउने छ । सुनुवाइ सकिएपछि आधिकारीकताको टुंगो लाग्ने छ । जसपाको आधिकारिकता नपाउने पक्षलाई आयोगले नयाँ दल दर्ताका लागि समय दिने छ ।

आयोगले यसअघि दुवै पक्षलाई मेलमिलापका लागि बोलाए पनि उनीहरु राजी नभएपछि इजलासबाट निरुपण प्रक्रिया अघि बढाएको हो । सुनुवाइका लागि आयोगले गत असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा ५ सदस्यीय इजलास गठन गरेको थियो ।

पार्टीको विवाद उत्कर्षमा पुगेपछि जसपाका अध्यक्ष उपेन्द्र यादव समूहले पार्टीको आधिकारिकता दाबी गरेको थियो । उसले आफूसँग कार्यकारिणी सदस्य तथा सांसदहरुको बहुमत सदस्य रहेको दाबी गर्दै आएको छ ।पार्टीको आधिकारिकता विवाद टुंगिएसँगै उपेन्द्र–बाबुराम पक्ष शेरबहादुर देउवा सरकारमा जाने तयारीमा छ ।