६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


पाकिस्तान विरुद्धको दोस्रो टी–ट्वेन्टीमा इंग्ल्याण्ड ४५ रनले विजयी


0
Shares

एजेन्सी । पाकिस्तान विरुद्धको दोस्रो ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड ४५ रनले विजयी भएको छ ।

इंग्ल्याण्डको हेडिङ्लेमा गएराति भएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको घरेलु टोली १९ ओभर ५ बलमा २ सय रन बनाउँदै अलआउट भयो ।

उसका लागि कप्तान जोस बट्लरले सर्वाधिक ५९ रन जोडे । बलिङतर्फ पाकिस्तानका मोहोमद हस्नैनले ३ विकेट लिए ।

जवाफमा २ सय १ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्रै बनाउन सक्यो ।

पाकिस्तानका मोहोमद रिजवानले ३७ रन तथा शदाब खानले अविजित ३६ रन जोडे । पाकिस्तानलाई सस्तैमा समेट्न इंग्ल्याण्डका सकिब महमुदले ३ विकेट लिए ।

यो जितसँगै इंग्ल्याण्डले तिन खेलको टी–ट्वेन्टी श्रृंखलामा १–१ को बराबरी गरेको छ । श्रृंखलाको तेस्रो तथा अन्तिम खेल भोलि ओल्ड ट्राफोर्डमा हुनेछ ।