१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


केन्यामा तेल ट्यांकर विस्फोट, १३ जनाको मृत्यु


0
Shares

एजेन्सी । केन्यामा तेल ट्यांकर विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त घटनामा परेर कयौं घाइते भएको बताइएको छ ।

नैरोवीको उत्तरपश्चम क्षेत्रमा तेल बोकेको ट्यांकर ट्रकसँग ठोक्किएर दुर्घटना भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

दुर्घटना भएलगत्तै जम्मा भएका सर्वसाधारण सो विस्फोटमा परेर मृत्यु भएको समाचारमा जनाइएको छ ।

घाइतेहरुको उपचार भइरहेको छ । यसअघि सन् २००९ मा पनि केन्यामा तेल ट्यांकर दुर्घटनामा परेर १२० जनाको मृत्यु भएको थियो ।