२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बाढी पहिरोले म्याग्दीका १७ वटा सडक अवरुद्ध


0
Shares

म्याग्दी । म्याग्दी जिल्लाका मुख्य सडकसहितका १७ वटा सडक अवरुद्ध हुँदा यातायात सन्चालनमा आउन सकेका छैनन् ।

लामो समय पछिको निषेधाज्ञा खुलाइएपनि बाढी पहिरोले गर्दा यातायात सञ्चालनमा आउन नसकेका हुन् ।

असारको सुरुवातसँगै परेको अविरल वर्षाका कारण झरेको पहिरोले बेनी–जोमसोम, बेनी–दरबाङ र जिल्लाका भित्री सडकहरु अवरुद्ध भएका हुन् ।

जिल्लाका कुनै पनि ग्रामीण सडकमा बस चल्न सक्ने अवस्था नरहेको यातायात व्यवसायीहरुले बताएका छन् ।

जिल्लाका बेनी–बरंजा, बेनी–पुलाचौर र बेनी–झीँ सडक अण्ड बाहेकका सबै सडक अवरुद्ध छन् । यी तीनवटा सडकमा पनि जीपबाहेक ठूला सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।

पहिरोका कारण सडक साघुरिएकाले ठूला सवारी साधन सञ्चालन हुन नसकेको म्याग्दी यातायात व्यवसायी समितिका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभएको छ ।

सडक माथिबाट ढुङ्गासहितको पहिरा आउने र म्याग्दी नदीको कटानका कारण सडक भासिने गरेको छ । वर्षा निरन्तर भइरहेका कारण रामाजर्गका सडक सुचारु हुन केही समय लाग्ने बताइएको छ ।