१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


एथलेटिक्स प्रशिक्षक मल्ललाई कोरोना, सन्तोष श्रेष्ठलाई मौका


0
Shares

काठमाडौ‌ । साउन ८ गतेदेखि जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा सहभागिता जनाउन ठिक्क परेकी एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना भएको छ ।

जापान जानुअघि गरिएको परीक्षणमा उनलाई कोरोना देखिएको हो । एथलेटिक्स खेलाडी सरस्वती चौधरीकी प्रशिक्षक मल्ललाई कोरोना भएसँगै उनी जापान जान नसक्ने भएकी छिन् ।

नेपाल ओलम्पिक कमिटी एनओसीले मल्ललाई कोराना देखिएसँगै उनलाई लैजान नसकिने जनाउँदै उनको स्थानमा म्याराथनका प्रशिक्षक सन्तोष श्रेष्ठको नाम सिफारिस गर्न नेपाल एथलेटिक्स संघलाई पत्राचार गरेको छ ।

श्रेष्ठको कार्डसमेत पहिल्यै आइसकेको भन्दै एनओसीले दबाब दिएको छ । यसअघि एथलेटिक्सका म्याराथन धावक गोपीचन्द्र पार्कीले सहभागीता जनाउन नसक्ने भनी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले जनाएसँगै सय मिटरकी धाविका चौधरीलाई पठाउने निर्णय भएको थियो । टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले सहभागीता जनाउँदै छन् ।