१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


साउनको पहिलो सोमबार, छाँयाछेत्र मन्दिरको मुख्य गेटमै लगाईयो बार


0
Shares

स्याङ्जा। आज साउनको पहिलो सोमवार बिभिन्न शिवालय मन्दिरहरुमा भक्तजनको उपस्थिती रहेपनि स्याङ्जाको छाँयाछेत्र भन्ने बन्द गरिएको छ ।

बिहानै देखि भक्तजनको बाक्लो उपस्थित रहेपनि कोरोना भाइरसको महामारीका कारण मन्दिरहरुमा नित्य पूजाआजबाहेक अन्य धार्मिक तथा सांस्कृतिक गतिविधि बन्द गरिएका कारण सहज दर्शन तथा पुजा गर्ने अवस्था भने छैन ।

भक्तजनको उपस्थित बढने र कोरोना जोखिम पनि रहेकाले छाँयाछेत्र मन्दिरको मुुल गेटमा नै बार लगाईएको छ।

भने प्रवेशमा थप कडाई गर्नका लागि प्रहरीलाई समेत तैनाथ गरिएको छ । मन्दिर व्यवस्थापन समितिले पनि मन्दिरमा प्रवेश रोक लगाएको सूचना निकालेको जानकारी दिइएको छ ।