२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पेस्तोलसहित ३ जना पक्राउ


0
Shares

रौतहट । रौतहटको मौलापुर नगरपालिका–५ स्थित कलैया सडक खण्डबाट पेस्तोल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतिय नागरिक २४ वर्षीय देवेन्द्र यादव सहित ३ जना छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलीले उनीहरुको साथबाट १ थान सिक्सर पेस्तोल बरामद गरेको छ ।

भारतीय नम्बर प्लेटको दुईवटा मोटरसाइकलमा सवारी उनिहरुलाई चेकजाँच गर्दा बिहारको मोतिहारी जिल्ला घर भएका देवेन्द्रको साथमा पेस्तोल फेला परेको रौतहट प्रहरीले जनाएको छ । तीनैजनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान शुरु गरेको छ ।