१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कार्यदलको टोली धरानमा, वीपी प्रतिष्ठानमा छानबिन सुरु


0
Shares

रत्न आचार्य
सुनसरी । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको समस्या समाधान गर्न गठित उच्चस्तरीय कार्यदलले काम छानबिनको काम सुरु गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा गठिक आठ सदस्यीय टोली प्रतिष्ठान पुगेर छानबिन थालेको हो । टोलीले सुरुमा प्रतिष्ठान सुधारको माग राख्दै ३५ दिनदेखि आन्दोलनरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई भेटेका छन् ।

टोलीले प्रतिष्ठानमा भएको अनियमिता, प्रतिष्ठानका पदाधिकारीको कार्यशैलीको विषयमा पनि छानबिन गर्ने संयोजक अर्यालले बताउनुभयो । प्रतिष्ठानमा भएको सबै अनुसन्धान र छनबिन सकेर प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने उहाँले बताउनुभयो ।

वीपी प्रतिष्ठानमा अनियमिता बढेको र उपकुलपति ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा.गुरु खनाल, रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साहले प्रतिष्ठान सहि ढङ्गले सञ्चालन गर्न नसकेो भन्दै आन्दोलन थालेका चिकित्सक र कर्मचारीले चारै जनाको बर्खास्तको माग गरेका छन् ।

आन्दोलनरत पक्षले साउन देखि काम नै प्रभावित पार्ने चेतावनी दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिष्ठानको समस्या समाधानार्थ कार्यदल गठन गर्नुभएको छ । कार्यदलको धरान पुगेर तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउने छ ।