१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


वीपी प्रतिष्ठानका चिकित्सकलाई आवास छाड्न धम्की, ३ सय ५० चिकित्सकले काम छाडे


0
Shares

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरू काम छोडेर आन्दोलित भएका छन् ।

एकै पटक ३ सय ५० जना चिकित्सकिहरूले काम छोडेपछि प्रतिष्ठानको स्वास्थ्य सेवा प्रभावित भएको छ ।

गए राति प्रतिष्ठानका लेखा अधिकृत कमल रायमाझीले मादक पदार्थ सेवन गरी डाक्टर विप्लप कार्कीको आवासमै गएर अभद्र व्यवहार गर्दै तत्काल निवास छाड्न धम्की दिएपछी चिकित्सकहरू आन्दोलित भएका हुन् ।

चिकित्सकहरूले शान्ति सुरक्षा नभएको भन्दै शान्ति सुरक्षाको माग गरेका छन् । आन्दोलनमा उत्रिएका चिकित्सकहरूले आकस्मिक बाहेकका सबै काम बहिस्कार गरेका छन् ।

चिकित्सकले काम बहिस्कार गरेपछि प्रतिष्ठानमा बिरामीले सहज उपचार पाउन सकेका छैनन् । उनीहरूले तत्काल रायमाझीलाई पक्राउ गरी कारबाहीको माग गर्दै ईलाका प्रहरी कार्यालयमा धर्ना दिएर किटानी जाहेरी दिएका छन् ।

प्रतिष्ठानमा यसअघि नै त्यहाँको भ्रष्टाचार, बेथिति र पदाधिकारीको कार्यशैलीको विरोधमा चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मी आन्दोलतरत थिए । ३५ दिन लामो आन्दोलन पछि सोमबारबाट त्यहाँ काठमाडौंबाठ गएको ८ सदस्यीय कार्यदलले छानबिन सुरु गरेको छ ।