
चितवन । राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको देवघाटमा दाहसंस्कार अन्येष्टि गरिएको छ ।
शनिबार जिल्ला प्रशासन कार्यालयमा परिवारसहित बसेको सर्वपक्षीय भेलामा प्रहरीको अनुसन्धान निचोडनजिक पुगेको र चाँडै सत्य तथ्य सार्वजनिक गर्ने जनाएपछि परिवार शव बुझ्न तयार भएका थिए ।
तर, गाउँलेहरुले भने सत्यतथ्य सार्वजनिक नहुँदासम्म शव नबुझ्न आग्रह गरेका थिए । सोमबार सुजिताका बुवाले अन्येष्टि गर्दा घाटमा स्थानीय अनुपस्थित थिए भने जनप्रतिनिधि तथा राजनीति दलका प्रतिनिधिहरूको उपस्थिति थियो ।
गत असार ११ गतेदेखि वेपत्ता सुजिताको असार २० गते घरबाट करिब ५ किलोमिटर टाढाको जंगलमा शव फेला परेको थियो । असार २२ गते काठमाडौं शिक्षण अस्पतालमा पोष्टमार्टम गर्दा शरीरमा कुनै चोटपटक नदेखिएको साथै बलात्कार समेत नभएको चिकित्सकले बताएका थिए ।
त्यसपछि भिसेरा परीक्षण गराए पनि रिपोर्ट भने अझै नआएको चितवन प्रहरीले जनाएको छ । अन्येष्टिपछि छिमेकी तथा आफन्तले घटनाको सत्यतथ्य चाँडै सार्वजनिक गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्