
फाइल तस्वीर
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गर्नुभएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रतिष्ठानमा जालसाजी गरेका र भ्रष्टाचार प्रमाणित भएका पदाधिकारीहरूलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गर्नुभएको हो । प्रतिष्ठानमा अहिले चलिरहेको आन्दोलनकारीका मागहरू पूरा गरेर संस्था सुधारलाई अघि बढाउनुपर्ने उहाँको माग छ ।
यस्तै वीपी कोइराला प्रतिष्ठानसहित कुनै पनि विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्दा मापदण्ड निर्धारण कार्यदलको सिफारिस अनुसार निष्पक्ष रूपमा नियुक्त गर्नुपर्ने माग पनि डा. केसीको छ ।
प्रतिक्रिया दिनुहोस्