
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैँ सहयोग गर्ने बताउनुभएको छ ।
नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका लागि आफू तयार रहेको बताउनुभयो ।
आफ्नो पार्टीले निजी क्षेत्रलाई सधैँ प्रवद्र्धन गरेको भन्दै प्रधानमन्त्री देउवाले निजीक्षेत्रलाई आवश्यक पर्ने नीतिगत सहजीकरणका लागि आफूहरू तयार रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले परिसंघले अघि बढाएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउने औजार बन्ने पनि बताउनुभयो ।
भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन गर्दै निजी क्षेत्रले सरकारबाट ठूलो अपेक्षा गरेको बताउनुभयो । उहाँले नीतिगत सहजीकरण मार्फत् लगानी अभिवृद्धिको वातावरण बनाउन पनि आग्रह गर्नुभयो ।
आयातमुखी नेपाली अर्थतन्त्रलाई उत्पाखनमुखी बनाउन आफुहरु प्रयासरत रहेको भन्दै अध्यक्ष मोरले यसका लागि सरकारले नीतिगत र प्रक्रियागत सहजीकरण गरिदिनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्