
काठमाडौं । नेपाल पर्यटन बोर्डले कोरोनाबाट थला परेको पर्यटन क्षेत्रको पुनर्उत्थानका लागि एउटै मात्र उपाय खोप भएको जनाएको छ ।
पर्यटन क्षेत्रलाई बचाइराख्न महामारीकै जोखिममा पनि पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने भन्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले त्यसका लागि खोप अनिवार्य भएको बताउनुभयो ।
बोर्डको अबको रणनीति पर्यटन बजारको प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय बजारमा जाने एवं भारत र चीनलाई बढी फोकस गरेर अगाडी बढ्ने रहेको रेग्मीको भनाइ छ ।
कोभिडका कारण धरासायी बनेको पर्यटन क्षेत्र बचाउनका लागि आन्तरिक पर्यटनलाई बढावा दिनुको विकल्प नभएकोमा पनि डाक्टर रेग्मीको जोड छ । नाफाका लागि भने विदेशी पर्यटक नै आउने वातावरण बन्नु पर्ने पनि उहाँको विश्लेषण छ ।
प्रतिक्रिया दिनुहोस्