
एजेन्सी । इराकको राजधानी बग्दादस्थित एउटा व्यस्त बजारमा बम बिस्फोट हुँदा २५ जनाको मृत्यु भएको छ ।
बग्दादको सदर शहरको बजारमा मुश्लिमहरुको महान पर्व इदका लागि सामन किन्नेको भिडभाड माझ बिस्फोट भएको हो । बिस्फोटमा दर्जनौ घाइते भएका छन् । मारिनेमा अधिकांश महिला र बालबालिका छन् । घटनाको जिम्मेवारी इस्लामिक स्टेट आइ.एस.ले लिएको छ ।
बिस्फोटले दर्जनौं पसलहरु ध्वस्त भएका छन् भने बिस्फोटपछीको आगलागीका कारण लाखौंको सामान नष्ट भएको छ । यसैबीच इराकका प्रधानमन्त्री मुस्तफा अल काधिमीले सो क्षेत्रमा प्रहरी इन्जार्चलाई नियन्त्रणमा लिई अनुसन्धान थाल्न निर्देशन दिएका छन् ।
इराकमा पछिल्लो ६ महिनाको अवधिमा भएको यो नै ठुलो बिस्फोट हो । गत जनवरीमा इराकको तायरन स्क्वायरमा भएको आत्मघाती बिस्फोटमा ३२ जना मारिएका थिए ।
प्रतिक्रिया दिनुहोस्