२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चीनमाथि ‘साइबर हमला’को आरोप


0
Shares

एजेन्सी । बेलायत, अमेरिका र युरोपियन युनियनले चीनले ठूलो साइबर हमला गरेको आरोप लगाएका छन् ।

यस वर्षको सुरुमा चीनले माइक्रोसफ्ट एक्सचेन्ज सर्भरलाई लक्षित साइबर हमला गरेको ती देशको आरोप छ ।

उक्त साइबर हमलाका कारण विश्वभर ३० हजार भन्दा बढी संस्थाहरु प्रभावित भएको बताइएको छ ।

चीनले पश्चिमा मुलुकहरुमाथि आफ्नो नियन्त्रण राख्न साइबर हमलाका घटनाहरु बढाउँदै गएको ती मुलुकहरुले आरोप लगाएका छन् ।

चीनले सञ्चालन गरेको उक्त जासुस अभियानका कारण कयौ मुलुक असुरक्षित रहेको भन्दै चिन्ता व्यक्त गरिएको बीबीसीले जनाएको छ ।

चीनको राज्य सुरक्षा मन्त्रालयकै योजनामा साइबर हमलाका घटनाहरु हुनु दुःखद भएको भन्दै पश्चिमा मुलुकहरुले यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेका छन् ।

तर चीनले भने उक्त आरोपको खण्डन गरेको छ । चीनले आफूहरु कुनै पनि हमलाको पक्षमा नरहेकाले साइबर हमलासम्बन्धी आरोप पुष्टी गर्न चुनौतीसमेत दिएको बताइएको छ ।

बेलायतले उक्त कदमले व्यक्तिगत गोपनियता बौद्धिक चोरीमा चीनको संलग्नता रहेको प्रमाणित भएको टिप्पणी गरेको छ ।