१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चार प्रदेशमा मेघ गर्जनसहित धेरै पानी पर्ने


0
Shares

काठमाडौ‌ । आज देशभर सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भरी वर्षा हुने छ भने बाँकी भागमा सामान्य वर्षा हुने छ ।

काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २१ दशमलव २ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २७ देखि २९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ५ बजेर २१ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजे हुनेछ ।