२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


बेगखोलामा पुल नहुँदा जनतालाई सास्ती


0
Shares

म्याग्दी । बेनी– जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलामा पक्की पुल नवन्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।

बाढीका कारण दैनिकरुपमा बाटो अवरुद्ध हुनुका साथै खोला तर्न नसकेर यातायातका साधन तथा पैदल यात्रुहरु बीच बाटोमा नै अलपत्र पर्ने गरेका हुन् ।

२०७३ सालमा आएको बाढीले बेगखाोलामा बस्तीसँगै मोटरेबल पुल र झोलुङ्गे पुल बगाएपछि बेनी जोमसोम सडकको यात्रा निरन्तर प्रमावित हुँदै आएको छ ।

चार वर्ष वितिसक्दा पनि कोरला नाकासँग जोडिएको कालीगण्डकी करिडोर अन्तरगत बेगखोलामा पुल बनाउने कुनै तयारी छैन । मोटरेपुलमा पनि चासो नदेखाएका सरोकारवालाहरुले झोलुङ्गे पुल निर्माणसमेत गर्न सकेका छैनन् ।

खोलामा बहाफ बढेपछि अलपत्र पैदलयात्रीलाई डोजर र ट्रकमार्फत आवातजावत गराउँदै आएका छन् ।