१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


करेन्ट लागेर पुजारीको मृत्यु


0
Shares

सर्लाही । सर्लाहीको बसबरियामा करेन्ट लागेर एक पुजारीको ज्यान गएको छ । मृत्यु हुनेमा विष्णु गाउँपालिका बत्रौलका ६० वर्षीय पुजारी किशोरी दास बैरागी रहेका छन् ।

उनी सबरिया गाउँपालिका सोहड्वामा रहेको राम जानकी मठका पुजारी थिए । दास सो मन्दिरमा विगत ४५ वर्षदेखि पुजारी बस्दै आएका थिए ।

उनलाई भजन कीर्तनका लागि मन्दिरको बरण्डामा माइकको तार जोड्न खोज्दा करेन्ट लागेको थियो । उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।