२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


माधव नेपाल, उपेन्द्र यादव र प्रचण्डबीच भेटवार्ता


0
Shares

काठमाडौं । एमाले एकताको संभावना धमिलिएपछि वरिष्ठ नेता माधव कुमार नेपालले विपक्षी गठबन्धनका नेताहरुसँग छलफल तीव्र पार्नुभएको छ ।

सोही क्रममा नेता नेपालले आज बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्नुभएको छ ।

नेताहरुबीच छुट्टाछुट्टै भेटवार्ता भएको बुझिएको छ । नेता नेपाललाई भेट्न प्रचण्ड एकाबिहानै कोटेश्वर पुग्नुभएको हो । उहाँहरुबीच झण्डै एक घण्टा कुराकानी भएको बुझिएको छ ।

प्रचण्ड फर्किएलगत्तै जसपा अध्यक्ष उपेन्द्र यादव नेपाल निवासमा पुग्नुभएको छ । यादवसँगको भेटमा पनि सरकारमा सहभागिता र विपक्षी गठबन्धनको निरन्तरताबारे छलफल भएको बताईएको छ ।