२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


अश्लिल फिल्म बनाएको आरोपमा भारतीय अभिनेत्री शिल्पाका पति पक्राउ


0
Shares

एजेन्सी । भारतीय अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रालाई प्रहरीले गिरफ्तार गरेको छ ।

कुन्द्रालाई यसै सालको फेब्रुअरीमा अश्लिल फिल्म बनाएको र प्रसारण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । यदि कुन्द्रा दोषी सावित भए धेरै वर्ष जेलमा बस्नुपर्नेछ ।

अश्लिल फिल्मका सवालमा भारतीय कानुन निकै कडा छ । यस्ता मामलामा आइटी एक्टका साथसाथै भारतीय दण्ड सहिता तथा आईपीसीका धेरै धाराहरु आरोपीका विरुद्ध लाग्नेछ ।