
अर्घाखाँची । अर्घाखाँची जिल्ला अदालतले लुम्बिनी प्रदेशकै सबैभन्दा बढी मुद्दा फछर्यौट गर्ने जिल्ला बनेको छ ।
आर्थिक वर्ष २०७६/०७७ का १४९ थान र आर्थिक वर्ष २०७७/०७८ का २ सय ८० थान गरी ४ सय ३० थान मुद्दा रहेकोमा यस आर्थिक वर्षमा ३ सय ५ थान मुद्दा फछर्यौट भएको अदालतका श्रेस्तेदार महेश खनालले जानकारी दिनुभयो । यो कुल मुद्दाको ७०.९३ प्रतिशत हो ।
अदालतले गत आर्थिक वर्षमा ३ सय मुद्दा फैसला गर्ने लक्ष्य राखेकोमा ३ सय ५ थान अर्थात लक्ष्यको तुलनामा १०१.६६ प्रतिशत मुद्दा फछर्यौट गरेको जनाएको छ । अदालतमा अब १ सय २५ थान मुद्दा मात्र बाँकी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्