
एजेन्सी । फुटबलका दुई ठूला क्लब बार्सिलोना र रियल मड्रिडकका पूर्व खेलाडीहरूबीचको प्रतिस्पर्धा एल क्लासिको लिजेन्ड्स हुँदैछ ।
खेल नेपाली समय अनुसार मंगलबार राति सवा ११ बजे इजरायलको तेल अविवको ब्लूमफिल्ड स्टेडियममा हुने भएको छ । खेलअघि सोमबार गरिएको पत्रकार सम्मेलनमा दुवै टीमका उत्कृष्ट खेलाडीहरू सहभागी भएका थिए ।
पत्रकार सम्मेलनमा ब्राजिलका राष्ट्रिय टीमका पूर्वकप्तानसमेत रहेको बार्सिलोनाका खेलाडी रोल्याडिनोले कार्यक्रममा आफ्ना सहकर्मी र प्रतिस्पर्धी टीमका खेलाडीहरूको स्वागत गरेका थिए ।
खेलमा डेको, लुइस फिगो, क्यासिलास, रोबर्ट कार्लोस, रिभाल्डो, गाइज्का मेन्डिएका, जोस आमाभिस्का र जोन पाल्बो सोरिन जस्ता विश्व फुटबलका चर्चित खेलाडीको प्रदर्शन हेर्न पाइने छ ।
यसअघि दुवै टीमबाट खेलेका खेलाडीहरूले भने दुईमध्ये एक टीम छानेर खेल्न पाउने आयोजक इजरायलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्