
काठमाडौं । आसन्न एनआरएनए जापान राष्ट्रिय समन्वय परिषद्को अध्यक्ष पदको लागि सरोजकुमार खत्रीले उम्मेदवारी दिनुभएको छ । परिषद्को २०२१–२०२३ को अधिवेशन जुलाई २५ र निर्वाचन २७ तारिखमा हुँदैछ ।
‘निश्वार्थ, निरन्तरता र निष्पक्षता, एनआरएनएमा मेरो प्रतिबद्धता’ नारा लिएर खत्रीले उम्मेदवारी घोषणा गर्नुभएको छ । आफूसँगै कुनै विशेष चुनावी एजेण्डा नभए पनि जापानमा रहेका नेपाली समाज र मातृभूमि नेपालको हितमा केन्द्रीत हुने खत्रीको दाबी छ ।
सन् २००५ मा सदस्यको रुपमा एनआरएनए जापानमा आबद्ध भएका खत्रीले २०१३–२०१५ को कार्यकालमा कान्तो क्षेत्रीय समितिको संयोजक र २०१७–२०१९ को कार्यकालमा एनआरएनए पाजानको राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्ष भएर जिम्मेवारी बहन गरिसक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्